बाटुलेचौरको स्विमिङ पुलमा डुबेर थापाको मृत्यु
पाेखरा | जेठ २८, २०८०
Filed Photo of Swimming Pool- Mirror House, Batulechaur, Pokhara
पोखरा: पोखरामा एक बालकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय ऐनक्स थापा रहेका छन् ।
पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मोहनदत्त पोख्रेलले संचालन गरेको मिरर हाउससँगै रहेको स्विमिङ पुलमा शनिबार ऐनक्स पौडी खेल्ने पुगेका थिए ।
सोही क्रममा डुबेका उनलाई उपचारका लागि दीप अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।
सो घटनाबारे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

